स्थानीय बजारमा आज (मंगलबार)सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो (सोमबार) सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ९९५ रुपैयाँ रहेको छ। हिजो चाँदीको मूल्य दुई हजार ५ रुपैयाँ थियो।
प्रकाशित: १३ जेष्ठ २०८२ १०:३६ मंगलबार





