२२ पुस २०८१ सोमबार
image/svg+xml
बजार

टाटा मोटर्सको पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले १२:१२ एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ। 

सिप्रदी ट्रेडिङका अनुसार, भोलि (बिहीवार) देखि ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउन पेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिने छ । 

यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिक टाटा मोटर्सको देशैभरी रहेका शो रुमहरुमा आयोजना हुनेछ । यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् ।

यसका साथै  यस १२:१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारीकर, एक्सेसरिज र बम्पर लक्कीड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् ।

यस कार्यक्रमको अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनु हुन कम्पनीले अनुरोध समेत गरेको छ।

प्रकाशित: २६ मंसिर २०८१ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App