सिरहा नगरपालिका वडा नम्बर -७ मा अपरिचित हतियारधारी समूहले एक जनाको गोली हानी हत्या गरेको छ ।
मृतक सिरहा नगरपालिका- १ का ४५ वर्षिय प्रेमनाथ यादव पहिचान भएको सिरहा प्रहरी प्रवक्ता डिएसपी रमेशबहादुर पालले जानकारी दिए ।
सिरहा- ७ स्थित मैनाबती खोला किनारमा रहेक्क आफ्नै खेतमा लोडरबाट माटो खनिरहेका यादवलाई हतियारधारी समूहले शुक्रबार साँझ गोली प्रहार गरेको थियो । उनको छातीमा गोली लागेको डिएसपी पालले जानकारी दिए । माटो खन्ने क्रममा उनीमाथी गोली प्रहार भएको खबर पाएर पुगेको सिरहा प्रहरीको टोली घटना अनुसन्धान गरिरहेको पालले बताए । अहिलेसम्म संलग्नको पहिचान खुलेको छैन ।
प्रकाशित: १६ माघ २०८२ १८:५१ शुक्रबार



-600x400-wm.jpg)

