७ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

टिकटकमा यस्तो भिडियो राखेपछि एक जना पक्राउ

सामाजिक सञ्जाल टिकटकमा बन्दुकको भिडियो राखेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन्। 

सोही पोस्टको आधारमा कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय बिनोदकुमार ओझा अवैध रूपमा राखेको एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। 

उनले आफ्नो टिकटक आइडीबाट भरुवा बन्दुकको भिडियो पोस्ट गरेका थिए। भिडियो पोस्ट गरेपछि प्रहरीले ओझाको घरबाट अवैध बन्दुक बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्र कुमार सिंहले बताए। 

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ अन्तर्गत हातहतियार तथा खरखजाना कसूर सम्बन्धी मुद्दामा सोमबार अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: ३० पुस २०८२ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App