पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध चरेस बरामद गरेको छ ।
पटेर्वा सुगौली गाउँपालिका - ०५ देउरियास्थित रामनारायण चौधरीको धान खेतमा लुकाइ राखेको अवस्थामा प्रतिबन्धित लागू औषध चरेस बरामद भएको प्रहरीले जनाएको छ ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ११ जनाको टोली खटिएको थियो।
प्रहरी टोलीले संकास्पद घरमा खानतलासी गर्दै जादा केही वस्तु फेला नपरी फर्कने क्रममा सोही गाउँमा बस्तीसँगै जोडिएका स्थानीय रामायण चौधरीको धान खेतमा संकास्पद सामग्री देखेपछि खानतलासी गरिएको थियो।
त्यहाँबाट ५४ किलो ४०० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्राले बताए । घटना बारे थप अनुसन्धान भइरहेको एसपी मिश्राले बताए ।
प्रकाशित: ६ भाद्र २०८२ २१:३७ शुक्रबार





