महोत्तरीको बर्दिवासबाट बिलविजक नभएको ४६ लाख ५० हजार रुपैयाँ बराबरको सञ्चार सामाग्री बरामद भएको छ ।
बर्दिवास नगरपालिका–९ रातु खोलास्थित बगर ईलाकाबाट सशस्त्र प्रहरीले भदौ ९ गते ४६ लाख ५० हजार रुपैयाँ बराबरको संचार सामाग्री बरामद गरेको हो ।
मधेश प्रदेश ०२–००१ स ५२४८ नंम्बरको ईरिक्सामा लोड गरी राखेको आवश्यक कागजात तथा बिलबिजकसमेत नभएको संचार उपकरण ईरिक्सन कम्पनीको 8863 B40 मोडलको आठ रेडियो सेट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भंगाहा र सुरक्षा बेस पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले सामान बरामद गरेको हो । दूरसञ्चारको टावरमा प्रयोग हुने उपकरण कस्ले कुन प्रयोजनको लागि ल्याईएको भन्ने खुलेको छैन ।
बरामद सामान तथा रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
प्रकाशित: ११ भाद्र २०८२ २०:५२ बुधबार




-600x400.jpg)
