१० पुस २०८२ बिहीबार
image/svg+xml
अपराध

जबरजस्ती करणी आरोपमा इलामबाट एक पक्राउ

इलाममा १६ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २२ वर्षीय युवकलाई पक्राउ गरेको छ।

सूर्योदय नगरपालिका-९, बरबोटे बस्ने अमित गुरुङलाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो।

पीडित पक्षले गुरुङले बालिकालाई जबरजस्ती करणी गरेको भनी दिएको उजुरीका आधारमा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका गुरुङमाथि घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०८२ १८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App