अछाममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँफेबगर नगरपालिका ४ जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
महेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। आरोपीलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
प्रकाशित: १ आश्विन २०८२ १३:४१ बुधबार





