२ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

रक्सौलमा ह्यान्ड ग्रिनेट भेटिएपछि दुवैतिर सुरक्षा व्यवस्था कडा

फाइल तस्बिर

सीमाक्षेत्रको रक्सौल बोर्डर नजिकै ह्यान्ड ग्रिनेट फेला परेपछि नेपाल र भारत दुवैतिर सुरक्षा सतर्कता बढाइएको छ । वीरगञ्ज र रक्सौललाई जोड्ने मितेरी पुल नजिकैको भारतीय कस्टम क्षेत्रमा ह्यान्ड ग्रिनेट भेटिएपछि दुवैतिर कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।  

मितेरी पुल नजिक खेलिरहेका बालबालिकाको नजर ह्यान्ड ग्रेनेडमा परेपछि उनीहरूले हल्ला गरेका थिए । खबर पाउनासाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी), भारतीय कस्टम तथा स्थानीय प्रहरी सक्रीय भएर घटनास्थल पुगेका थिए । एसएसबीका जवानहरूले ह्यान्ड ग्रिनेट फेला परेको क्षेत्रलाई सुरक्षात्मक घेरामा राखेका छन् भने एम्बुलेन्स र दमकलका सवारी साधनहरू पनि घटनास्थलमा पुगेका छन् । बम डिस्पोजल टोलीलाई समेत बोलाइएको छ र ग्रेनेडको प्रकृति तथा अवस्था बुझ्ने प्रयास भइरहेको बताइएको छ ।  

सुरक्षा अधिकारीहरूका अनुसार यो ग्रेनेड कसरी त्यहाँ आइपुग्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक जानकारी अनुसार उक्त वस्तु सक्रीय अवस्थाको हुन सक्ने आशंका गरिएको छ ।  

सिमा क्षेत्रमा यस्तो घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ भने दुबै देशका सुरक्षा निकाय अझै सचेत बनेका छन् ।  

दुवैतिर निकै कडा सुरक्षा व्यवस्था अपनाइएपछि सर्वसाधारणलाई फरक अनुभूति भइरहेको छ । घटनाबारे थप विवरण अझै आउन बाँकी रहेको छ ।

प्रकाशित: ११ असार २०८२ १५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App