झापाको कनकाई नगरपालिका–२ सुकेडाका ३५ वर्षीय कविराज हेमरनलाई श्रीमतीको हत्या अभियोगमा पक्राउ गरिएको छ। उनले धारिलो हतियारले घाँटीमा प्रहार गरी ३४ वर्षीया पूजा हेमरनको हत्या गरेको प्रहरीले जनाएको छ।
गएराति खुकुरी प्रहारबाट पूजाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। ‘दुई जनाबीच झगडा भएपछि श्रीमतीको हत्या गरी कविराज फरार भएका थिए। उनलाई सुरुङ्गा क्षेत्रबाट पक्राउ गरिएको हो,’ उनले भने।
घटनास्थल सुरक्षित राखी इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: २८ वैशाख २०८२ १२:२४ आइतबार