देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, महानगरपालिका-१७ क्षेत्रपाटी धोबीचौरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित सोही ठाउँ बस्ने धादिङ घर भएका ४२ वर्षीय राजु थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिराहा, सिरहा नगरपालिका-१७ खटोकास्थित अजय होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४ सय ८० मिलिग्राम सहित होटलका संचालक भारतमधुबनी कमलाकारी ग्रामपञ्चायत-६ बस्ने ३५ वर्षीय धर्मेन्द्र यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय माडर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।
कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषधखैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-९ खैरीफाँटा बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाटखटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, देवानगंज गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय पप्पु यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी कप्तानगंजबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४४ प २९१३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, धनपालथान गाउँपालिका-४ कर्सिया बजारस्थित सडकबाट अवैध लागूऔषधखैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ५०मिलिग्राम, नेपाली २९ हजार ३ सय ५ रूपैयाँ र भारतीय नगद ४ हजार ६ सय ८० रूपैयाँ सहित सोही गाउँपालिका-२ बस्ने ४५ वर्षीय चन्द्र शेखर मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले को-६ प १६२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषधखैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित बेलवारी नगरपालिका-११ बस्ने १९ वर्षीय दिवश धिमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ महेन्द्र चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय मिलिग्राम सहित भारत बिहार पुर्णिया बस्ने २५ वर्षीय गौरब जैनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ७० मिलिग्राम सहित बेलवारी नगरपालिका-२ बस्ने २१ वर्षीय सन्तोष ऋषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका(३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २८ वर्षीय सैलेश बजिमय र साकेला गाउँपालिका-२ बस्ने २२ वर्षीय संगम राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले बा-९६ प ५८७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ बस्ने २६ वर्षीय रूपेश खड्का र सोही नगरपालिका-४ बस्ने २५ वर्षीय सन्जिप राईबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात रूपेश र सन्जिपलाई समेत प्रहरीले पक्राउ गरेको छ।
झापा, गौरादह नगरपालिका-१ बेलडागीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ डिपुचोक बस्ने ३४ वर्षीय रोमन अधिकारी र कमल गाउँपालिका-७ बस्ने २० वर्षीय पवन दाहाल रहेका छन्। इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीलेउनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
उदयपुर, त्रियुगा नगरपालिका-१३ बाट अवैध लागूऔषध गाँजा ३ किलो ५ सय ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१३ जोगी पोखरी बस्ने २७ वर्षीया कल्पना चौधरी र उनको बुबा ५५ वर्षीय देव नारायण चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुर र नगर प्रहरी कार्यालय त्रियुगा गाईघाटबाट खटिएको प्रहरीले कल्पनाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित तनहुँ आँबुखैरेनी बस्ने ३२ वर्षीय आशिष गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग-५ प ७९०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २१ वैशाख २०८२ १५:१३ आइतबार




-600x400.jpg)
