२० पुस २०८२ आइतबार
image/svg+xml
अपराध

सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराले पूरक अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन पेस गरिने जानकारी दिए।

राईलाई शनिबार साँझ बूढानीलकण्ठ–१०, कपनस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएको आरोप छ।

प्रकाशित: १४ वैशाख २०८२ १५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App