१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १५:२० अपराह्न
अपराध

‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

नेपाल प्रहरीको डीएसपी हुँ भन्दै विभिन्न बहानामा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-४ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका-३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठ रहेका छन्।

प्रहरी वृत्त महाराजगञ्जमा प्राप्त उजुरी अनुसार श्रेष्ठले आफू नेपाल प्रहरीको डीएसपी भएको भन्दै केदारप्रसाद पौडेल, सम्भुप्रसाद पौडेल, सुजन थापा र नारायणबहादुर राउतलगायतलाई सम्पर्क गर्दै ठगी गरेका थिए।

उनले फुलमाया कामीलाई ‘रिटायर्ड डीएसपी हुँ, इन्टरपोलमा काम गर्छु, विदेशका उच्च पदस्थ व्यक्तिहरूसँग राम्रो सम्बन्ध छ’ भन्दै विभिन्न देशहरूमा पठाइदिने आश्वासन दिएर ७ लाख ८७ हजार रुपैयाँ ठगेको उजुरी परेको छ।

प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठको संलग्नता प्रमाणित भएपछि उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएको जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी अपिल राज बोहराले जानकारी दिए।

प्रकाशित: २८ फाल्गुन २०८१ २०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App