९ वैशाख २०८२ मंगलबार
image/svg+xml ११:२ पूर्वाह्न
अपराध

अमेरिका पठाउँछु भनेर २१ लाख ठगी गर्नेहरू समातिए

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। 

सिराहा सिरहा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषा विदेह नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने २९ वर्षीय बिशाल ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनीहरूमाथि अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २१ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ। पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दुवैलाई पक्राउ गरेको हो। 

रमेशलाई तीनकुनेबाट र बिशाललाई कोटश्वरबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ। 

प्रकाशित: २ फाल्गुन २०८१ १४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App