१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

विष सेवन गरेकी आमाको अवस्था गम्भीर, तीन छोराछोरीको मृत्यु

धनुषामा विष सेवनबाट तीन छोराछोरीको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको छ।

धनुषाको सहिदनगर नगरपालिका-५ बासुदेपट्टी बस्ने सुशीलकुमार साहकी २५ वर्षीया पत्नी बबिताकुमारी साहले सोमबार साँझ ८ वर्षीय छोरा अदित्य साह, ५ वर्षीया छोरी कृति साह र ३ वर्षीया छोरी प्रीतिकुमारी साहलाई विष खुवाएर आफूले पनि सेवन गरेको धनुषा प्रहरीले जनाएको छ।

विष सेवनबाट अवस्था गम्भीर भएको परिवारले थाहा पाएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए। उपचारका क्रममा बच्चाहरूलाई चिकित्सकले मृत घोषित गरेका थिए भने गम्भीर अवस्थामा रहेकी बबिताको उपचार जनकपुरकै रामजानकी अस्पतालमा भैरहेको छ।

बबिताको गर्भमा रहेको बच्चालाई शल्यक्रिया मार्फत निकालिएको छ। सुत्केरी गराउने समय पूरा भैसकेको हुनाले नवजात शिशुको अवस्थामा सामान्य रहेको अस्पतालले जनाइएको छ।

नवजात छोराको स्वास्थ्य अवस्था सामान्य रहेको र आमा बबिताको अवस्था चिन्ताजनक रहेको बुझिएको छ।

घरायसी विवादका कारण बबिताले छोराछोरीलाई खानामा विष मिसाएर खुवाएको र आफूले पनि खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको धनुषा प्रहरीले जनाइएको छ। यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले रौतहटले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८२ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App