७ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

तरबारले केक काट्ने ७ जना पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी डर/त्रास फैलाउने कार्यमा संलग्न ७ जना पक्राउ परेका छन्। 

बुधबार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ पवित्र नगर बस्ने धादिङ गल्छी गाउँपालिका–१ घर भएका २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका–७ घर भएका ३६ वर्षीय मनोहर थापा मगर, तनहुँ भानु नगरपालिका–११ घर भएका ३९ वर्षीय गुण बहादुर गुरूङ रहेका छन्।

त्यस्तै, गोरखा आरुघाट गाउँपालिका–७ घर भएका २७ वर्षीय सुमन पराजुली, गोरखा आरुघाट गाउँपालिका–६ घर भएका २९ वर्षीय पदम बहादुर मगर, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे रोशी गाउँपालिका–७ घर भएका २६ वर्षीय रोशन तामाङ र काठमाडौं महानगरपालिका–७ सुकेधारा बस्ने दोलखा बैतेश्वर गाउँपालिका–३ घर भएका ३९ वर्षीय गोपाल मोक्तान पनि पक्राउ परेका छन्। 

उनीहरूमथि विभिन्न मितिमा तरबार, खुकुरी जस्तो धारिलो हातहतियार प्रयोग गरी टिकटक लगायतका सामाजिक सञ्जालमा केक काट्ने बहानामा भिडियोहरू पोष्ट गरी सर्वसाधारणमा डर/त्रास सृजना गरेर आतंकित गराएको आरोप छ। उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिएको छ। 

प्रकाशित: २५ माघ २०८१ २०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App