७ वैशाख २०८१ शुक्रबार
भिडियो

कोभिड रिपोर्ट अमान्य हुँदा लन्डन विमानस्थलमै रोकिए नेपाली (भिडियो)

करिव ७ महिना लकडाउनमा फसेर नेपाल फर्किने उत्साह बोकेर बुधवार लन्डनस्थित हित्रो विमान स्थलमा पुगेका राजविराजका शैलेन्द्रकुमार झालाई एयरलाइन्सका कर्मचारीले एकाएक निराश बनाइदिए। कतार एयरवेजको उडानमामार्फत दोहा–काठमाडौंको यात्रा तय गरेका झा दम्पतीलाई कतार एयरवेजका कर्मचारीले कोभिड–१९ परीक्षणको नजिता देखाउन भने।  झाले बेलायतको राष्ट्रिय हेल्थ सर्भिस (एनएचएस) ले दिएको कोभिड–१९ नेगेटिभ टेष्ट नतिजा देखाए। एनएचएसको होइन, नेपाल सरकारको फरम्याटमा कोडिभ–१९ को टेष्ट रिजल्ट देखाउन भन्दै एयरवेजका कर्मचारीले झालाई बोडिङ पास दिन इन्कार गरे।        

 कतार एयरवेजले काठमाडौंका लागि उडान भर्न लागेका सबै यात्रुलाई काठमाडौं सानेपाको स्टार हस्पिटल मोलिकुलर ल्यावमा परीक्षण गरेको कोभिड–१९ टेष्ट नजिताको फरम्याटमा कोराना भाइरस टेष्ट रिर्पोट देखाउनु पर्ने भन्दै करिब १ दर्जन यात्रुलाई विमास्थलमै रोकी दियो।

ती कर्मचारीले स्टार हस्पिटलको रिर्पोटमा जस्तै एनएचएसको रिपोर्टमा आरटी पीसीआर (पीसीआर मात्रले नहुने), घाँटी र नाकबाट स्वाव लिएको, ल्याव टेष्टको मिति समय र नतिजा नेगेभिट भन्ने बाक्यांश अनिवार्य देखिनु पर्ने तर्क गरेका थिए। तर यहाँको राष्ट्रिय हेल्थ सर्भिसले दिने पीसीआर रिपोर्ट भने कोभिड–१९ को नजिता नेगेटिभ भएको मात्र उल्लेख गर्ने गरेको छ।        

 बेलायतको प्रभाइभेट ल्यावबाट ६ सय पाउन्ड आपत्कालिन कोभिड टेष्टको पीसीआर रिपोर्ट नेगेटिभ ल्याएका अर्का एक नेपाली यात्रुलाई समेत तीनै कर्मचारीले बोर्डिङपास दिन आनाकारी गरेपछि उनको जहाज नै छुट्यो।  

गत आइतबार कतार एयरवेजमार्फत नेपालतर्फ उडान गरेका सबै यात्रुले बेलायतको राष्ट्रिय हेल्थ सर्भिस (एनएचएस) को रिर्पोटकै आधारमा नेपाल जना अनुमति दिएको सही विमानमार्फत् नेपाल पुगेकी यात्रु टिका गिरीले बताइन्।  

 पट्यार लाग्दो लामो लकडानपछि खुलेको नियमित उडानमार्फत् कोरोना भाइरस टेष्टको नजिता नेगेटिभ देखाउँदा पनि एरलाइन्सले दुःख दिएको भन्दै नेपाल फर्किन लागेका यात्रु आक्रोसित भएका थिए।        

बेलायतस्थित हाइवीकममा कार्यरत डा. सारा रावलले बेलायतको राष्ट्रिय हेल्थ सर्भिस विश्वविख्यात र उत्कृष्ठ गरेको बताउँदै नेपाल सरकारले एनएचएसको कोभिड रिपोर्टलाई मान्यता दिनुपर्ने बतँइन्। उनले नेपाल सरकारलाई नेपाल बाहिरका अन्य देशको स्वास्थ्य सेवाको बारेमा समेत ध्यान दिन आग्रह गर्दै देशअनुसार पीसीआर टेष्टको फरम्याट फरक हुने बताइन्। ‘मुख्य कुरा यात्रुको पीसीआर टेष्ट भयो कि भएन भन्ने हो पीसीआर नजिता नेगेभिट देखाएपछि पनि यात्रुलाई रोक्नु भनेको दुःख दिने मनसाय मात्र हो रावलले’ भनिन्।      

नेपाल सरकारको निर्देशन मान्नैपर्ने भन्दै कतार एयरवेजका कर्मचारीले अडान लिएका थिए। उनीहरु चित्त नबुझे नेपाल सरकारसँग सम्पर्क गर्न भन्दै यात्रुसँग रुखो शव्द प्रयोगपछि अप्ठ्यारोमा परेका नेपालीले विमानस्थलबाटै पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईलाई सिधै सम्पर्क गरेर दुखेसो पोखेका थिए।        

 मन्त्री भट्टराई भाइवरमार्फत् लन्डनस्थित हित्रो विमान स्थलमा रहेका यात्रुसँग समस्या समाधान लागि पहल गर्ने आश्वास दिएपछि अलपत्र परेका यात्रुहरु ३ घन्टा चेकिङ काउन्टरमा धर्ना बसेका थिए। आफ्ना बुवाआमालाई नेपाल विदाई गर्न हित्रो टर्मिलन–५ मा पुगेका अजितकुमार झा मन्त्री भट्टराईले गरेको रेस्पोन्स देखेर खुशी व्यक्त गर्छन्। बल्ल मलाई नेपालमा जनताको कुरा सुन्ने मन्त्री पनि रहेछन् भन्ने अनुभूति भयो। ‘मन्त्रीज्युले काम गरे पनि नगरे पनि समस्या सुनिदिनु भयो उहाँप्रति आभारी छु’ झाले भने।        

 मन्त्री भट्टराईको पहलपछि अन्तिम समयमा आएर कतार एरवेजका कर्मचारीले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को रिर्पोटलाई स्वीकार गर्दै नेपाल जाने यात्रुको बोर्डिङपास दिन राजी भएका थिए।        

आफ्नी हजुरआमाको स्वास्थ्य अवस्था कमजोर भएका कारण बेलायतको पिआरका लागि आवेदन क्यान्सिल गरेर नेपाल फर्किन लागेका  काठमाडौंका नितेश ओझा कोभिड–१९ को नजिता देखाउन नसक्दा विमानस्थलबाटै फर्किए।        

 लन्डनस्थित ट्राभल्स कन्स्लोका प्रमुख विराज भट्टले विमान कम्पनीले नेपाली यात्रुलाई विभिन्न बहनामा दुःख दिने गरेको विषय नौलो नभएको बताउँछन्। उनले कतार एयरवेजले पटक पटक नेपाली यात्रुलाई दुःख दिएको अनुभव सुनाए।      

बुधवार लन्डन–काठमाडौंको टर्किस्ट एरवेजको उडानमा भने बेलायतको सरकारी अस्पताल (एनएचएस) द्वारा जारी कोभिड–१९ को रिर्पोटलाई कुनै रोकतोक नगरिएको भट्टले जानकारी दिए।        

 

 

 

प्रकाशित: २५ भाद्र २०७७ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App