१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

चर्चामा कपडा बैंकिङ्

काठमाडौं– मन भए नहुने के छ र? दुइ जनाको सोचले जन्माएको एउटा सामाजिक कार्य जुन अहिले चर्चामा छ। प्रसंग अनामनगरमा रहेको कपडा बैंकको। सुरू भएको दुइ साता पनि नपुग्दै यसले जनमानसमा एउटा सकारात्मक सन्देश मात्र दिएको छैन आवश्यकतामा परेकाहरूलाई कपडा पुर्याएर मानवीयता पनि निभाएको छ। केही दिनयता सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म कपडा बैंकिङ चर्चामा छ।

आफुले फेसन अनुकुल नभएर राखेका कपडा या केहीसमय प्रयोग गरेर राखेका कपडा यहाँ ल्याएर दिन सक्छन्। त्यसैले पनि घरमा थुप्रिरहेका कपडा लिएर मानिसहरु हात हातमा झोला झुण्ड्याउदै  अनामनगरमा कपडा दान गर्न आइरहेका छन्।

यसरी जम्मा पारिएका कपडाहरू अभियन्ताले दैवी प्रकोपमा परेका या संकटमा परेकाहरूलाइ वितरण गर्ने गरेका छन्। 

प्रयोगमा नल्याए पनि राखिरहने कपडालाई दान गर्दा कोहीलाई सहयोग हुने भएकाले पनि कपडा वैङ्किङ छिटै चर्चामा आउन सफल रह्यो। विदेशमा यस्तो चलन भएपनि नेपालमा भने यो नौलो प्रयोगका रूपमा देखिएको छ।

प्रकाशित: २० श्रावण २०७६ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App