९ आश्विन २०७७ शुक्रबार
भिडियो

फोहोर : काठमाडौंदेखि सिस्डोलसम्म (भिडियो)

काठमाडौं-  देशको जम्मा जनसंख्याको एक तिहाई जनसँख्या काठमाडौंमै बसोबास गर्छ। ती एक तिहाई जनसंख्याले दैनिक उत्पादन गर्ने फोहोर अत्यधिक छ। काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने सिस्डोलमा दैनिक एक हजार टन बराबर नकुहिने फोहोर थुप्रने गरेको छ। उक्त फोहोर काठमाडौं, ललितपुर, भक्तपुर, ककनी र बनेपाबाट उठाइन्छ।

सन् २००५ मा दैनिक २५० टन नकुहिने तथा पुनः प्रयोग गर्न नमिल्ने फोहोर निस्किने गर्थ्यो। तर हाल आएर यस्ता कामै नलाग्ने फोहोरहरु धेरै भन्दा धेरै उत्पादन हुन थालेका छन्। स्वास्थ्य र वातावरणलाई हानि गर्ने यस्ता फोहोरको व्यवस्थापन गर्न महानगरलाई कठिनाई हुँदै गएको छ। अहिले फोहोरलाई नदि किनार वरपर, बाटोको छेउछाउ र खुल्ला जमिनमा नै जम्मा गरिन्छ। प्रत्येक दिन नकुहुने र कुहिने फोहोरलाई एकै ठाउँमा मिलाएर राखिन्छ। मानिसले घरको कामकाजका लागि प्रयोग गर्ने सामान र औषधीहरु पोलिथिन झोलामै ल्याउने गर्छन्। पोलिथिन झोला र यसबाट बनेका वस्तुहरु ११ प्रतिशत फोहोरको रुपमा फालिन्छन्। शिक्षा विज्ञान तथा वातावरण मन्त्रालयले २०७२ वैशाखदेखि प्लाष्टिक झोला निषेध गर्ने निर्णय गरेको थियो। एक तथ्याङक अनुसार ८९.३ प्रतिशत उद्योग कलकारखानाले हालसम्म पनि नकुहिने फोहोरको व्यवस्थापन गर्न सकेका छैनन्।

सबैभन्दा ठूलो परिमाणमा होटेल तथा रेष्टुरेन्टबाट नकुहिने फाहोरहरु निस्कीने गरेको छ। काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको रिपोर्ट अनुसार २०१३ सम्ममा प्रत्येक दिन उत्पादन हुने फोहोर ३ सय ६२ टन घरायसी कामकाजबाट, ५४ टन व्यापारिक प्रयोजनबाट, ५४ टन सडक बाटोबाट र ५४ टन ग्रामिण क्षेत्रबाट भइरहेको छ। 

यसरी निस्कीएका करिव ६० प्रतिशत जैविक अर्थात् अर्गानिक फोहोरहरु छन् तर यस्ता जैविक फोहोलाई सिस्डोलमा हानिकारक फोहोरसंग मिसाए राखिन्छ। पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई छुट्टाएर सिस्डोलबाट फेरी उद्योग तिरै पठाईन्छ। प्लाष्टिक र रबरका उत्पादित २३७ बस्तुबाट मात्र ५८ बस्तु पुनः प्रयोग गर्न मिल्ने हुन्छ।

 

 

 

 

प्रकाशित: २५ असार २०७६ १६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App