जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार कैदी कृष्णबहादुर मिजार पक्राउ परेका छन्। उनी काठमाडौंको तारकेश्वरबाट पक्राउ परेका हुन्।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार कारागारबाट फरार रही काठमाडौं उपत्यकामा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।
मिजारलाई कारागार कार्यालय जगन्नाथदेवल पेस गरिएको ब्युरोले जनाएको छ।
प्रकाशित: ३० पुस २०८२ ०६:५२ बुधबार





