२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनविरुद्ध भाजपाको ‘लाल आँखें’ नीति फेरियो : कांग्रेसले लगायो दोहोरो चरित्रको आरोप

चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले भाजपा मुख्यालय भ्रमण गरेपछि कांग्रेसले गम्भीर आरोप लगाएको छ। कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गर्दै भ्रमणको निन्दा गरेको हो।

कांग्रेसको मिडिया तथा प्रचार विभागका अध्यक्ष पवन खेराले भने, ‘भाजपाले गिरगिट(छेपारे)लाई पनि रंग फेर्न सिकाएको छ। चीनलाई आफ्नो “लाल आँखें” देखाउन चाहनेहरूका लागि भाजपाले रातो कार्पेट बिछ्याएको छ।’

उनले आरोप लगाउँदै भनेका छन्, ‘भाजपाले चिनियाँ पार्टी (सीपीसी)सँग बैठकहरू गरेको छ। जब तिनीहरू सत्तामा थिएनन्, तिनीहरू चीन जान्थे र आरएसएसका सदस्यहरूले तालिम लिन्थे।’

पवन खेराले थप भने, ‘हामीलाई कुनै पनि राजनीतिक दलको बैठक वा अर्को देशको राजनीतिक दलसँग कुराकानी गर्ने कुरामा समस्या छैन। तर हामीलाई भाजपाको दोहोरोपन, पाखण्ड र छलसँग समस्या हो। वर्षौंसम्म भाजपाले कांग्रेसले एमओयूमा हस्ताक्षर गरेको भनेर चिच्याइरह्यो, र अब तिनीहरू आफैं बैठकहरू गरिरहेका छन्।’

उनले भने, ‘हामीलाई भाजपाको नियतसँग समस्या छ, किनकि बन्द ढोका पछाडि भएका यी बैठकहरू पछि देशले परिणाम भोग्नु पर्छ।’ भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले सोमबार एक्समा पोस्ट गरेर चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधिमण्डलले भाजपा मुख्यालयको भ्रमण गरेको जानकारी दिएका थिए। 

प्रकाशित: ३० पुस २०८२ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App