३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

पाँच विशेषतासहित एस ७ र एस ७ एज सार्वजनिक

कोरियन कम्पनी सामसुङले बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा आयोजित मोबाइल कङ्ग्रेस वर्ल्डमा यी दुई स्मार्टफोन सार्वजनिक गरेको हो। कम्पनीले यी स्मार्टफोनका पाँच विशेषता रहेको उल्लेख गरेको छ। जुन यसअघिको स्मार्टफोनमा नभएको कम्पनीको दाबी छ।सामसुङले यी दुबै स्मार्टफोनमा दुई सय जिबीसम्मको स्टोरेज गर्न मिल्ने बताएको छ। यसअघिको सेरिजमा एक सय २८ जिबीको स्टोरज क्षमता मात्र राखिएको थियो। त्यस्तै यसको ब्याट्री पनि पहिलेको भन्दा टिकाउ रहेको बताइएको छ। जसअनुसार पूरा चार्ज गरेपछि १५ घन्टासम्म हाइ डेफिनेशनको भिडियो हेर्न सकिन्छ।

यसको अर्को विशेषता भनेको वाटर रेजिस्टेन्स रेटिङ हो। यसको मतलब यो स्मार्टफोन पानीमा खसेको आधा घन्टासम्म सुरक्षित रहन्छ। यो स्मार्टफोनमा ...अलवेज अन डिस्प्ले'को सुविधा पनि राखिएको छ। यसले स्त्रि्कन नखोलिकनै समय र नोटिफिकेशनबारे जानकारी दिने गर्छ। यसमा 'गेमिङ प्रविधि' र रेयर क्यामरा पनि जडान गरिएको छ। गेम खेल्नेहरु र फोटोग्राफी गर्नेहरुले यसको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। कम प्रकाशमै राम्रो गुणस्तरको तस्बिर यसले खिच्ने कम्पनीको दाबी छ। वायरलेस चार्जिङको क्षमता भने यसमा एस ६ जस्तै निरन्तरता दिएको छ।

एस ७ मा ५.१ र एस ७ एजमा ५.५ इन्चको डिस्प्ले छ। त्यस्तै र्‍यामलाई एक जिबी बढाएर ४ जिबी बनाएको छ। यी दुबै स्मार्टफोन एन्ड्रोइडको नयाँ भर्सन ६.० मार्समाल्लोमा विकसित गरिएको छ।

सामसुङले क्यामेरा रिजोलेशनलाई पहिलोपटक घटाएको छ। एस ६ मा १६ मेगापिक्सल राखेपनि एस ७ र एस ७ एजमा १२ मेगापिक्सल क्यामेरा जडान गरिएको छ। अगाडिको क्यामेरा भने पहिलेको जस्तै ५ मेगापिक्सलको छ। तर क्यामेराले यसअघिको भन्दा गुणस्तर र राम्रो खिच्ने दाबी कम्पनीको छ।

ब्याट्रीको क्षमता पहिलेलाई बढाएर एस ७ मा ३००० एमएच र एस ७ एजमा ३६०० एमएच राखिएको छ। यी दुबै मोबाइल दुई रंगमा उपलब्ध हुनेछन्। यी दुबै स्मार्टफोन मार्च ११ देखि बजारमा आउने कम्पनीले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७२ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App