१० पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

विश्वव्यापी ट्रेन्ड २०१६

सन् २०१६ घरायसी र अन्य विद्युतीय नवीनता अर्थात् इनोभेसनका दृष्टिले महत्वपूर्ण हुने देखिएको छ। हामीले सपनामा सोचेजस्तो नयाँ उत्पादन बजारमा नआए पनि उपभोक्ताहरुले अहिलेसम्म उपलब्ध प्रविधिमा नयाँपन भने महसुस गर्न सक्नेछन्। ट्याब्लेट, कम्प्युटर, टिभी र मोबाइल फोनहरु थप पातलो, छरितो, ब्याट्री टिक्ने, थप सुन्दर, पर्याप्त भण्डारण क्षमता, परिष्कृत एप भएको र सस्तो हुनेछन्। यो वर्ष विद्युतीय विकासक्रममा ठूलो सुनामी नआए पनि तरंगहरु भने पर्याप्त देखिने विश्लेषकहरु बताउँछन्।घरेलु उपभोग्य सामानदेखि स्मार्टघरसम्म, इन्टरनेटले सबै कुरा बदल्नेछ

घरभित्र रहेका दैनिक उपभोग्य सामानदेखि घरको तापक्रमसम्म सबै 'इन्टरनेट अफ थिङ्स'मा जोडिनेछ, जुन स्मार्टफोनमा औँला चलाएर नियन्त्रण गर्न सकिनेछ।

बजारमा धेरै इन्टरनेटसँग अन्तर्त्रि्कया गर्नसक्ने विद्युतीय सामग्रीहरु उपलब्ध छन्। तर तिनीहरुबीच कुनै एकरुपता छैन। जस्तै, मोबाइल फोन वा स्मार्ट टेलिभिजनले आवाजको निर्देशनको भरमा कुराकानी गर्न सक्छन्। पछिल्लो समय आएका उत्पादनमा गुगलको नेस्ट, अमेजनको इको, लोवीको आइरिस, एप्पलको होमकिट र गुगलको ब्रायलो छन्। यी सबैलाई नियन्त्रण गर्नसक्ने मुख्य प्रणाली के भन्ने कुरा अहिलेको ठूलो प्रश्न बनेको छ।

नेस्ट होम, अमेजन र गुगलले घरभित्र सबैकुरा चलाउन चाहन्छन्

जोडिएको स्मार्ट होमका लागि नयाँ तरंग आयोः नेस्ट अनुकूल। नेस्टले अहिले इन्टरनेट जोडिएको घरको ढोकाको ताल्चादेखि बत्तीको चिमसम्म सबै कुराको नियन्त्रण गर्न सकेको छ। यसले नेस्ट प्रोटेक्ट स्मोक र कार्बन मनोअक्साइड डिटेक्टर, नेस्ट थर्मोस्टाट र नेस्ट सेक्युरिटी क्यामेराजस्ता अन्य नेस्ट उत्पादनहरुसँग सञ्चार गर्नसक्ने सुविधासमेत ल्याएको छ। नेस्ट गुगलको उत्पादन हो।

उपभोक्ताको स्वास्थ्य ट्रयाकर र मोबाइल स्वास्थ्य
प्रयोगकर्ताको स्वास्थ्यलाई ख्याल राख्न सन् २०१६ मा आउने टे्रन्डमा मोबाइल उपकरणको माध्यमबाट गैर–आक्रामक तरिकाले गर्न सकिने जाँच हो। हामीले धेरैभन्दा धेरै भर्चुअल स्वास्थ्य हेरचाह सेवाहरु पाइरहेको अवस्थामा यसलेे अस्पताल नै नगई स्वास्थ्य परीक्षण कार्यमा सहजीकरण गर्र्ने मोबाइल प्रविधि प्रयोग गर्छ।

उपभोक्ता स्वास्थ्य उपकरणको विकासक्रममा अर्को ट्रेन्ड भनेको स्वास्थ्यसम्बन्धी सवालहरुलाई ट्रयाक र सम्बोधन गर्न लगाउन सकिने साधनहरुमा प्रविधिको प्रयोग हो। यी लगाउन सकिने साधनहरुमा हिलबी पनि पर्छ। यसले शरीरको क्यालोरी गणना गर्न छालामा ग्लुकोजको मात्रा नाप्छ।

फिटनेस ट्र्याकर
स्मार्टवाचभन्दा सानो, लगाउन सकिने फिटनेस ब्यान्डले अहिले तेस्रो पक्षीय सफ्टवेयर खोल्न थालेका छन्। यसले जिममा प्रयोग हुने साधनहरुसँग फिटनेस ट्र्याकरको सञ्चार गर्न सबल बनाएको छ।

फिटनेस ट्र्याकर बनाउने कम्पनीहरुले यस वर्ष नवीनताहरु थप्न जारी राख्नेछन्। टमटम स्पार्कदेखि नयाँ फिटबिट ब्लेजले प्रविधिले अहिलेसम्म लिन नसकेका विभिन्न क्रियाकलापहरुको सूची बनाउन दिन्छन्। यसबाट साइक्लिङ, योगा, पौडी वा स्काइङजस्ता गतिविधिहरु ट्रयाक गर्न सकिनेछ। यसले फिटनेसलाई उचित तरिकाले ट्र्याक गर्नेछ।

अहिले फिटनेस ट्र्याकर कम्पनीहरुले गहनाजस्तो देखिने साधनहरु डिजाइन गर्न थालेका छन्। यसमा परम्परागत टाइमपिसजस्तो देखिनेदेखि सुन वा पित्तलको ब्रासलेटजस्तो देखिनेसम्म छन्। यसले फिटनेस ट्रयाक गर्नेमात्र नभई सुरक्षा विशेषता पनि समावेश गरेको छ। त्यसमा प्रयोगकर्ताले साधनलाई तीनपल्ट हिर्काउँदा आकस्मिक सम्पर्कको रुपमा तोकेको व्यक्तिलाई संकेत वा सन्देश पुग्नसक्ने सुविधा छ।

स्पोर्टस् पोशाक र जुत्तामा समेत वेयरेबल्स (लगाउने साधनहरु)
हाते घडीबाट सुरु भएको लगाउने साधनहरु अहिले टोपीदेखि जुत्ता र लुगामा समेत जडान हुन थालेको छ। यी पोशाक र जुत्ताले तपार्इं कति टाढासम्म दौडिनुभयो, व्यायाम गर्दा मुटुको धड्कन के–कस्तो भयो लगायतका सबै जानकारी सिधै मोबाइल फोनमा पठाउने गर्दछ।

ह्याक हुने र जोडिने कारहरु
मानवरहित कारहरु विकास भइरहेका छन्। गुगलसहितका कम्पनीहरु यसमा लागिरहेका छन्। केही बाहिरी एप र मनोरञ्जन प्रदायकहरु पनि अर्को पुस्ताको कारको निर्माणमा लागिपरेका छन्। स्मार्टफोनमा जोडिने थप कारसम्बन्धी एपहरु आउँदैछन्। सन् २०१६ मा कारहरुलाई न्याभिगेसन गर्ने स्मार्ट ड्यासबोर्डहरु आउने निश्चित छ।

बच्चाको खेलौना अझ स्मार्ट
बच्चाहरुलाई सानैदेखि सिक्नलाई सहयोग गर्ने खेलौनाहरु पनि सन् २०१६ मा बजारमा देखिने निश्चित छ। उनीहरुलाई कोड सिक्न सहयोग गर्नेदेखि रोबोट बनाउन सिकाउने खालका प्रविधि भएका खेलौनाहरु पनि बजारमा आउँदैछन्। जिरो कम्पनीले ८ देखि १५ वर्षको उमेरसम्मका बालबालिकालाई लक्षित गरी वायरलेस सञ्चालन गर्न सकिने स्मार्ट ग्लोभ बनाउँदैछ। त्यस्तै, बोड कम्पनीले मोबाइल भिडियो क्यामेरा पिक डिजाइन गरेको छ जसलाई बाइकको ह्यान्डलदेखि गोडामा समेत बेर्न सकिन्छ। त्यसले सबै क्रियाकलापहरु क्याप्चर गर्दछ।

बिजनेस डटकमबाट साभार

प्रकाशित: ८ माघ २०७२ २२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App