७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कर्नाटकमा भएको सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु

भारत कर्नाटकको चित्रदुर्ग जिल्लाको राष्ट्रिय राजमार्ग ४८ मा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

चित्रदुर्गका डीसी (जिल्ला मजिस्ट्रेट) ले बीबीसी हिन्दीलाई भने, 'यो दुर्घटना बुधबार राति लगभग २ बजे भएको थियो। यसमा बेंगलुरुबाट गोकर्ण जाँदै गरेको बस अगाडिबाट आउँदै गरेको ट्रकसँग ठोक्कियो, जसका कारण बसमा आगो लाग्यो।'

बसमा ३२ जना यात्रु रहेका थिए। अहिलेसम्म ११ जनाको शव पहिचान गरिएको छ भने सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित: १० पुस २०८२ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App