टी-२० विश्वकपको ३६ औं खेल आज श्रीलंका र जिम्बाब्वेबीच हुँदैछ। खेल कोलम्बोको प्रेमादासा रंगशालामा दिउँसो ३:१५ बजे सुरु हुनेछ।
खेल अगाडि श्रीलंकाली टोलीलाई ठूलो धक्का लागेको छ। फास्ट बलर मथिशा पाथिराना टी-२० विश्वकपबाट बाहिरिएका छन्। अस्ट्रेलिया विरुद्धको खेलमा पाथिरानालाई ह्यामस्ट्रिङमा चोट लागेको थियो र उनी आफ्नो पहिलो ओभर पूरा गर्न असमर्थ थिए। उनको स्थानमा दिलशान मदुशंकालाई टोलीमा राखिएको छ।
श्रीलंकाले टी-२० विश्वकपमा तीन खेल जितेको छ, जसमा आयरल्याण्ड, ओमान र अष्ट्रेलियालाई पराजित गरेको छ। अर्कोतर्फ, जिम्बावेले ओमान र अष्ट्रेलिया विरुद्ध दुई खेल जितेको छ। आयरल्याण्ड विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। श्रीलंकाले छ अंक र जिम्बावेले पाँच अंक जोडेर समूह बी मा सुपर ८ मा स्थान बनाएका छन्।
प्रकाशित: ७ फाल्गुन २०८२ ०९:२१ बिहीबार




