ललितपुर, माघ २- नेपाल टेलिकमले पर्याप्त मात्रामा रिचार्ज कार्ड उपलब्ध गराउन नसक्दा यसको कालो बजारी बढ्न थालेको छ।
केही समयअघि रु. १ सय ५ मा पाइने रिचार्ज कार्ड अहिले रु. १ सय १० हालेर किन्न बाध्य हुनु परेको छ।
नेपाल टेलिकम मोवाइल सेवा निर्देशक जीवन शाक्यले रिचार्ज कार्ड अभावले बजारमा समयमा नै उपलब्ध गराउन नसकेको र अहिले नयाँ रिचार्ज कार्डको अर्डर दिई सकिएकोले छिट्टै नै यो समस्या समाधान हुने बताए।
उनले रिचार्ज कार्ड बढी लिएर बेचिरहेको भन्ने कुनै सूचना नआएको यदि त्यस्तो आएमा बजार अनुगमन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो।
व्यापारीहरु भने टेलिकमले समयमा कार्ड उपलब्ध गराउन नसक्दा रु. पाँच बढी लिएर बेचेको बताउँछन्। -रासस
प्रकाशित: १ माघ २०६६ २१:४९ शुक्रबार





