बेल क्रिस्टल मेनुफ्याक्ट्री (हङकङ)का सस्थापक तथा मुख्य कार्यकारी युङले एप्पल र सामसङलाई यो सिसा उपलब्ध गराउने गर्दछन्। ती दुई कम्पनीलाई सिसा बेचेरै उनले ७.२ अर्बको कम्पनी बनाए।
त्यसो त उनको प्रतिद्वन्द्वी कम्पनी लेन्स टेक्नोलजी पनि कम छैन तर उनले त्यसलाई पनि पाखा लगाइसके। सांघाईमा मुख्य कार्यालय रहेको आइएचएस टेक्नोलजी नामक व्यापार विश्लेषक संस्थाका टेरी यु भन्छन्, 'यो सिसाको व्यापारमा बेल क्रिस्टल अगुवा बनेको छ र यति चाँडो यो कम्पनी अगाडि आयो कि धेरैले युङलाई चिन्दैनन्।
बेलले बनाउने मोबाइलको सिसा निकै कडा छ र फुट्ने सम्भावना छैन। बेलले सन् २०१३ मा ३.२ अर्ब डलर कमाएको थियो भने त्यसयता यसको कारोबार बढेको बढ्यै छ।
श्रीमती लाम वाई यिङसँगको साझेदारीमा खुलेको कम्पनीको मुख्य कारखाना हुइझोउमा छ। कम्पनीमा युङको ५१ प्रतिशत सेयर छ भने श्रीमतीको ४९ प्रतिशत। कम्पनीको मुख्य कार्यकारीका रुपमा उनी हङकङको सबैभन्दा धनीहरुको सूचीमा १० औं नम्बरमा पर्छन्।
३० वर्षअघि उनी घडीका लागि आवश्यक पर्ने सिसा विभिन्न कम्पनीहरुलाई बेच्ने गर्थे। पछि मोबाइल फोनमा प्लास्टिकको स्त्रि्कन कोरिन थालेपछि उनले नकोरिने सिसाको खोजी थालेका थिए।
सन् २००७ भन्दाअघि मोटोरोला रेजर मोबाइल फोनको १० लाख स्त्रि्कन बनाउने ठेक्का पाएपछि उनको भाग्य नै फेरियो। त्यसपछि त उनले १० करोड फोनको स्त्रि्कन बनाइसकेका छन्। २००७ मा आइफोन सार्वजनिक भएपछि त उनको कम्पनी लगातार नाफामा गएको छ।
दक्षिणी चीनका सहरहरु सेन्जेन र हुझाउमा कारखाना राखेर संसारकै ठूलो मोबाइल फोनको कभर ग्लास बनाउने कम्पनीमा रुपान्तरण भइसकेको छ। यसले एलजी कम्पनीलाई पनि कभर ग्लास बेच्ने गर्दछ।
बेल कम्पनीको मूल्य यतिबेला १४.२ अर्ब रहेको हङकङ सिटी युनिभर्सिटीका अध्यक्ष वे कुओ बताउँछन्।
अर्कोतर्फ स्तरीय सिसा निर्माण गर्ने सेन्झेनमा मुख्य कार्यालय रहेको लेन्स कम्पनीका बोर्ड सचिव पेङ मेङवु भने आफूले बेल कम्पनीलाई प्रतिस्पर्धी नठानेको इमेल जवाफ दिए।
युङले चाहिँ व्यापारमा सधैँ अघि रहन पाँच प्रतिशत राशि अनुसन्धान र नयाँ प्रविधिमा लगानी गरेको बताउने गरेका छन्। उनले एक पत्रिकासँग कुरा गर्दै भनेका छन्, 'हातको दाग नलाग्ने र सिसा नकोरिने प्रविधि अब चाँडै बजारमा आउनेछ।'
बेल कम्पनीमा काम गर्ने कर्मचारीको संख्या एक लाखभन्दा बढी रहेको समाचारमा जनाइएको छ।
प्रकाशित: १५ आश्विन २०७२ ०५:३७ शुक्रबार





