३ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

यसरी गर्नुहोस् मेमोरी कार्डबाट 'डाटा रिकभर'

काठमाडौं- अधिकांश व्यक्ति स्मार्टफोन प्रयोग गर्ने वा किन्ने चाहना गर्छन्। हाल विश्व बजारमा विभिन्न श्रेणीका स्मार्टफोनहरु उपलब्ध रहेका छन्। जसमा डाटा स्टोरेज गर्नका लागि माइक्रो एसडी कार्ड राख्नका लागि एसडी कार्ड स्लट राखिएको हुन्छ।


स्मार्टफोन खरिद गर्नेमध्ये धेरै मानिसले एसडी कार्ड प्रयोग गर्ने गरेका छन्। एसडी कार्ड फोन वा क्यामरा जस्ता डिभाइसहरुका लागि निकै उपयोगी हुन्छ। यो कार्डमा फोटो, भिडियो, डकुमेन्टलगायतका विभिन्न डाटाहरु राख्न सकिन्छ। र यसलाई जहाँ पनि सुरक्षित साथ बोकेर लान सकिन्छ।

तर, यो एसडी कार्ड सहि तरिकाले प्रयोग गर्न जानिएन भने बिग्रन सक्छ साथै त्यसमा भएका फोटोहरु, भिडियोलगायतका डकुमेन्टहरु बिग्रने मेटिने र हराउने संभावना हुन्छ।

यदि एसडी कार्डमा केहि खराबी भएपनि यसलाई कहिलेपनि फर्म्याट गर्नुहुदैन। सबैभन्दा पहिले केहि मेहनत गरेर फोटो तथा भिडियो त्यसबाट झिक्ने कोशिश गर्नु पर्दछ। कहिलेकाँही कार्ड रिडरमा पनि खराबी हुनसक्छ। त्यसैले सबैभन्दा पहिले एक कार्ड रिडरमा नचलेमा दोस्रो कार्ड रिडरमा हालेर जाँच गर्नुपर्दछ। यस्तो कार्ड रिडर आजकाल निकै सहजरुपमा पाइन्छ। जसले माइक्रो एसडी तथा स्ट्याडर्ड कार्ड दुबैलाई पढ्न सक्छ।

डिस्क डिगर, जार तथा ईजअस फ्री डाटा रिकभरी जस्ता एप डाउनलोड गरेर पनि कार्डमा भएको सबै फाईलहरु पुर्नप्राप्ति गर्न सकिन्छ। तर, धेरै पटक पुर्नप्राप्तिको समयमा फाइलको नाम परिवर्तन हुन वा करप्ट हुने संभावना रहन्छ।

केहि फ्री रिकभरी सफ्टवेयर वा एप्सले यस्ता सबै फाइलहरु रिकभर गर्दैनन्। यसका लागि विशेष एप वा सफ्टवेयर खरिद गर्नुपर्ने हुन्छ।

जार वा अन्य एप इन्स्टल गरेपछि कार्डलाई रीडरमा लगाउनुपर्दछ त्यसपछि सफ्टवेयर वा एपमा क्लिक गर्नुपर्दछ। केहि समयपछि स्क्रीनमा इमेज रिकभरी अप्शन आउनेछ र फोटो रिकभर गर्ने काम शुरु गर्दछ।

जब फाइल रिकभर भईरहेको हुन्छ त्यसरी रिकभर गरिरहेको फाईल सँधै कम्प्यूटरको हार्ड डिस्कमा सेभ गर्नुपर्दछ। यस्तो प्रकृयामा केहि समय लाग्नेछ। (बीबीसीबाट)

प्रकाशित: २५ भाद्र २०७२ २०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App