नेकपा एमालेको ११ औं महाधिवेशनबाट सचिव पदमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन्।
९ जना सचिव पदमा उम्मेदवारी दिएका कुल २० जनामध्ये बस्नेतले १५४४ मत हासिल गरेका हुन्। त्यसैगरी सचिव पदमा पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कंडेलले ११८५, राजन भट्टराईले ११८१, भानुभक्त ढकालले ११०८ मतसहित सचिव पदमा निर्वाचित भएका छन्।
सचिव पदका लागि उम्मेदवारी दिएका गोकुलप्रसाद बास्कोटाले झिनो मतले सचिव पदबाट हारेका छन्। उनले १०३० मत प्राप्त गरेका छन्।
अन्यमा अग्निप्रसाद खरेल ७१६, ईन्द्रलाल साप्कोटा ४०५, कर्णबहादुर थापा ८४७,कृष्णगोपाल श्रेष्ठ ६२५, ठाकुरप्रसाद गैरे ८८३, पुरुषोत्तम पौडेल ४६२, पेम्बा लामा ४९३, रचना खड्का ८७७, लालबाबु पण्डित ४९६, विनोदप्रसाद ढकाल ६८४ मत प्राप्त गरेका छन्।
प्रकाशित: ३ पुस २०८२ १३:३४ बिहीबार





