गत महिना, गुगलको एउटा आफै चल्ने कार क्रसवाकमा पुग्यो। यसले त्यहाँ जे गनुपर्ने थियो, त्यही गर्योन। पैदलयात्रीलाई सडक पार गर्न दिन ब्रेक लगायो। पैदल यात्रीलाई केही भएन, तर पछाडिबाट आइरहेको सेडान कारले गुगलको कारलाई हान्यो।गुगलको यो साधन कानूनी प्रावधानलाई अक्षरस पालना गर्नका लागि बनाइएको थियो। सन् २००९ मा परीक्षण गरिएको एउटा गुगल कार चौबाटोमा जान सकेन किनभने यसको सेन्सरले अन्य गाडीहरु पूर्ण रुपमा नरोकिँदासम्म अगाडि बढ्न दिएन।
यो गुगलको मात्र समस्या होइन। स्वतन्त्र सवारी साधनको क्षेत्रमा काम गरिरहेका अनुसन्धाकर्ताहरुले यस्ता कारहरुको सबैभन्दा ठूलो चुनौती भनेको मानिसको संसारसँग यसको स्वचालित तालमेल कसरी मिलाउने भन्ने हो।
'यसको वास्तविक समस्या कार अति सुरक्षित हुनु हो,' स्वतन्त्र सवारी साधनको बारेमा अध्ययन गर्ने युनिभर्सिटी अफ क्यालिफोर्नियाको डिजाइन ल्याबका निर्देशक डोनाल्ड नर्म्यानले भने।
अहिले रोबोट र मानिसको तालमेल कसरी मिलाउने भन्ने समस्या छ। धेरै अटोमेकर कम्पनीका कारहरुमा चेतावनी दिने र कहिले कहिले चालकलाई समेत निर्देशन दिने प्रविधि छ। यी विकसित क्रुज नियन्त्रण वा ब्रेकहरुबाट हुन्छन् जुन आफै चल्न थाल्छन्। उबरले आफै चल्ने कार प्रविधीमा काम गरिरहेको छ र गुगलले गत जुलाई महिनामा टेक्सासको अस्टिनमा यसको परीक्षण गरिसकेको छ।
गुगलका कारहरुले नियमित रुपमा द्रुत, अप्रत्यक्ष योजना लिन्छ। सबैभन्दा चेतावनीपूर्ण तरिकाले काम गर्छ तर सडकका अन्य सवारी साधनबाट बाहिरिन्छ।
सन् २००९ देखि गुगलका १६ वटा कारहरु दुर्घटनामा परिसकेका छन्। हरेक अवस्थामा कम्पनीले मानिसको गल्ती देखाउँछ। गत अगस्त २० मा यस्तै भयो। गुगल कारले पैदल यात्रुका लागि गति कम गर्यो, त्यसपछि गुगल कर्मचारीले मानवचालित रुपमा ब्रेक लगाए। कारलाई पछाडिबाट धक्का लाग्यो र कर्मचारीलाई आकस्मिक कक्षमा पठाइयो।
दुर्घटनामा गुगलको रिपोर्टले अर्को मोड लिन्छ। सुरक्षा चालकले ब्रेक लगाएर सही कुरा गरे। यदि त्यो स्वतन्त्र कारलाई मात्र छोडेमा, यसले हल्का मात्र ब्रेक लगाउँथ्यो होला र क्रस वाकको नजिकसम्म पुग्थ्यो होला। त्यसपछि पछाडिको कारलाई रोकिनलाई अलिकति धेरै स्थान मिल्थ्यो होला। के त्यसले दुर्घटना रोक्न सक्थ्यो होला? गुगलले त्यो भन्न असम्भव भएको बताउँछ।
गुगलले दुर्घटनामा कम्पनी दोषी भएको एउटा घटना बताएको छ। अगस्त २०११ मा एउटा गुगल कार अर्को गुडिरहेको गाडिसँग ठोक्कियो। तर, त्यो समयमा पनि गुगल कार एक जना कर्मचारीले चलाइरहेका थिए। त्यहाँ पनि मानव त्रुटी देखाइयो।
न्यूयोर्क टाइम्सका पत्रकारहरुसँग हालै भएको एक यात्रामा गुगलको चालकरहित कारले दुई वटा छली उपाय अपनायो जसले चेतावनीपूर्ण तरिकामा कसरी कारले गल्ती गर्छ भन्ने देखायो। एउटा अव्यवस्थित तरिकाले पार्किङमा राखिएको कारलाई जोगाउन खोज्दा गुगल कार बस्तीमा पस्यो। गुगलको सेन्सरले त्यो कार आफैं ट्राफिक नियम उलंघनमा तानिन सक्ने उल्लेख गरेन।
गुगल परियोजनाको प्रवक्ता कोर्टनी होनले अहिलेको परीक्षण कारको सफ्टवेयर र मानिस बीचको सम्वन्धलाई सुमधुर बनाउनका लागि प्रयोग भएको बताउँछिन्। उदाहरणका लागि, फोर वे स्टप भन्ने प्रोग्रामले कारलाई अगाडि बढ्नका लागि सहयोग गर्छ।
मानिसहरुले यस्तो अवस्थामा आँखाले देख्ने कुरामात्र याद गर्ने युनिभर्सिटी अफ विस्किोन्सिनका प्राध्यापक लोन लीले बताए। सान डियगोको डिजाइनर सेन्टरका नर्मान चालकरहित कारको चेतावनी दिएको वर्षौंपछि, अहिले तत्कालको अनुकलतालाई स्वागत गर्छन्। सेलफोन र अन्य कारमा रहेका प्रविधीले यो उपयोगी भएको उनको अनुभव छ।
सन्नीभेल कम्पनीका संस्थापक सेना जोर्लुले गुगलको आफै चल्ने कार माउन्टेन भ्यूको रेड लाइटमा देखेकी छिन्। उनले आफूलाई रोक्न सकिनन् र फोनले फोटो खिचिन्। 'म सामान्यतया सवारी साधन चलाउँदा मेरो फोन चलाउँदिन। तर त्यो कार मसँगै भएकाले मैले त्यो अवसर सदुपयोग गरें ' उनले आफ्नो इन्स्टाग्राममा फोटो पोस्ट गर्दै भनेकी छिन्।
प्रकाशित: १८ भाद्र २०७२ २३:०६ शुक्रबार





