१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

एक्सवान एटम बजारमा

काठमाडौं–नेपालका लागि लाभा स्मार्टफोनको आधिकारीक राष्ट्रिय वितरक अम्बे मोबाइल्सले लाभा आइरस आइरिस एक्सवान एटम नेपाली बजारमा ल्याएको छ।यो फोनमा ४ इन्च आइपिएस डिस्प्ले, ५ मेगा पिक्सेल क्यामेरा, ५१२ एमबी र्याटम, १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर र १४५० एमएएच ब्याट्री रहेको छ। यसको ३२ जिबी एक्स्पान्डेबल मेमोरीमा प्रयोगकर्ताहरुले आफुले रुचाएको फोटो, भिडियो र म्युजिकहरु स्टोर गर्न सक्नेछन्। यो सस्तो मुल्यमा स्मार्टफोन प्रयोग गर्न चाहने अनि सोसिएलाइजेसनमा रमाउने ग्राहक प्रति लक्षित गरिएको लाभा स्मार्टफोनका फ्रान्चाइज म्यानेजर पुस्कर घिमिरेले जानकारी गराए। यसको बजार मूल्य ६ हजार ५ सय ९० रुपैयाँ रहेको छ।

प्रकाशित: १२ भाद्र २०७२ २१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App