डाटा सेन्टरलाई नवीकरणीय उर्जाको प्रयोग गर्न हौसिएको फेसबुकले सन् २०१८ सम्म कूलमध्ये ५० प्रतिशत नवीकरणबाट धान्ने बनाउँदैछ। 'पछि हामी सत्प्रतिशत नवीकरणीय उर्जामा जाने योजनामा छौं', फेसबुकका इन्जिनियरिङ विभाग हेर्ने भाइस प्रेसिडेन्ट जय परिखले भने।
टेक्ससमा फेसबुकले पाँचौं डाटा सेन्टर बनाउन लागेको हो। एल्टोना, प्रिनेभिल्ले, ओरिगन, फोरेस्ट सिटीमा फेसबुकले यसअघि नै डाटा सेन्टर स्थापना गरिसकेको छ। टेक्ससको डाटा सेन्टरका लागि २०० मेगावाट हावाबाट उत्पादन गर्ने लक्ष्य फेसबुकको छ। त्यसका लागि उसले स्टारउड इनर्जी ग्रुपसँग सम्झौता गरिसकेको छ।
भिडियो
प्रकाशित: २४ असार २०७२ ०२:५३ बिहीबार





