१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन  कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन्।

जिल्लामा मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख २९ हजार ५४ र  महिला मतदाता एक लाख ३९ हजार ४६८ तथा यौनिक अल्पसङ्ख्यक चार जना रहेका कार्यालय प्रमुख भुसालले जानकारी दिए। उनका अनुसार नवलपुरमा आठ वटा स्थानीय तह र दुई निर्वाचन क्षेत्र रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ मङ्सिरमा सम्पन्न भएको निर्वाचनमा  दुई लाख ६० हजार ४६१ मतदाता थिए। तत्कालीन समयमा भन्दा अहिले आठ हजार ६५ मतदाता थपिएका छन्। रासस

प्रकाशित: २४ पुस २०८२ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App