सूचना तथा सञ्चारबाट सिर्जित नयाँ अवसरको उपयोग बढाउने उद्देश्यले आयोजित यो कार्यशालामा नेपाल, भारत, भुटानका सरकारी निकाय, व्यापारिक प्रतिष्ठान, बैंकिङ क्षेत्र, टेलिकम क्षेत्रका ४० जनाको सहभागिता छ। 'सूचना प्रविधिको प्रयोगसँगै यसमा देखिएका समस्यालाई बेलैमा समाधान गर्नुपर्ने अवस्था छ,' संवाद टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपानेले भने।
कार्यशालामा सूचनाको चोरीबाट व्यवसाय सुरक्षित बनाउन आधारभूत र प्राविधिक पक्षबारे जानकारी दिने कार्यक्रम छ।
प्रकाशित: ४ पुस २०६६ ०२:०७ शनिबार




