कार्यक्रममा जानकारी गराइएअनुसार स्कुल वा कलेजमा रहने विशेष प्रकारको उपकरणअगाडि कार्ड देखाएपछि विद्यार्थीको हाजिरी हुनुका साथै तत्काल अभिभावकको मोबाइलमा एसएमएस जाने गर्छ। पोखरेलका अनुसार अंग्रेजी वा नेपाली दुवै भाषामा निःशुल्क रुपमा एसएमएस जाने व्यवस्था मिलाइएको छ।
स्मार्ट कार्ड देखाउने उपकरणलाई १५ हजार रुपैयाँ पर्छ। ‘एकभन्दा थप उपकरण राख्दा १० हजार रुपैयाँ पर्छ' पोखरेलले भने। स्मार्ट कार्डको एक सय रुपैयाँ पर्छ। उपकरणमा रहेको सफ्टवेयरले स्वचालित रूपमा अभिभावकको मोबाइल फोनमा एसएमएस पठाउने पोखरेलले जानकारी दिए। ‘यसमार्फत विद्यालयलाई वा कलेजलाई विद्यार्थीको हाजिरी राख्न पनि सजिलो हुन्छ,' उनले भने, ‘अभिभावकहरुलाई पनि आफ्ना बच्चा स्कुल–कलेज पुगेको र निस्केको जानकारी हुन्छ।'
प्रकाशित: १६ फाल्गुन २०७१ २०:५० शनिबार





