२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

एनसेलले घटायो कल शुल्क

काठमाडौं-मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चीन, हङकङ र दक्षिण कोरियाका लागि कल शुल्क घटाएको छ।एनसेलले यही फागुन ६ देखि लागु हुनेगरि ल्याएको नयाँ शुल्क अन्तर्गत एनसेलका सम्पूर्ण प्रीपेड तथा पोष्टपेड ग्राहकले चीन, हङकङ र दक्षिण कोरियामा कर बाहेक ३.९९ रुपैयाँ प्रति मिनेटमा कुरा गर्न सक्नेछन्। हालसम्म यी देशमा कल गर्दा कर बाहेक ६ रुपैयाँ प्रति मिनेट लाग्र्थ्यो। 
चीन, हङकङ र दक्षिण कोरिया व्यवसाय, अध्ययन तथा वैदेशिक रोजगारीका लागि लोकप्रिय गन्तव्य रहँदै आएका छन्। यस्तोमा नयाँ कल शुल्कले एनसेलका ग्राहकलाई चीन, हङकङ र दक्षिण कोरियामा रहेका आफन्तसँग तथा व्यवसायीसँग अझै सहज र सुलभरुपमा सम्पर्कमा रहन मद्दत पुग्ने विश्वास एनसेलको छ। एनसेलले आफ्ना ग्राहकलाई सुलभ सञ्चार सेवा प्रदान गर्ने लक्ष्य अनुरुप अन्तराष्ट्रिय कल महसुल घटाउँदै आएको कर्पोरट संवाद विज्ञ मिलन शर्माले बताए। गत असारमा एनसेलले यूरोपीयन युनियनमा आबद्ध २८ मुलुकका लागि कल शुल्क घटाएको थियो भने केही महिना अघि अस्टे्रलिया र न्युजिल्य।न्डको कल शुल्क पनि घटाएको थियो।

प्रकाशित: ५ फाल्गुन २०७१ २२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App