३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

नोकियाले ल्यायो फेब्लेट र ट्याब्लेट

अवुधवी- नोकियाले आफ्नो पहिलो फेब्लेट अर्थात् ठूलो स्क्रिन भएको फोन र ट्याब्लेट कम्प्युटर लन्च गरेको छ। नोकियाको नयाँ ट्याब्लेट विण्डोज आरटीमा चार जीबीको डाटा चिप्स रहने छ। माइक्रोसफ्टको हालै लन्च भएको सरफेसभन्दा यो शक्तिशाली हो।माइक्रोसफ्टले केही समयपहिला नोकिया कम्पनीको मोबाइल सेगमेन्ट ५.४ अरब युरोमा किन्ने घोषणा गरेको थियो। बिक्रीको पूरा प्रक्रिया २०१४ को सुरुवातसम्म पूरा हुने बताइएको छ। मोबाइल, ह्याण्ड सेट तथा ट्याब्लेटको बजारमा माइक्रोसफ्टको विस्तार बढ्दै गए पनि यसको गति भने ढिलो छ। नोकियाको नयाँ ट्याब्लेटले बजारका अन्य ट्याब्लेटलाई च्यालेन्ज गर्न सक्ने बताइएको छ।

नोकियाले ल्याएका दुई फेब्लेट्स लुमिया सिरिजमा नै छन्। लुमिया १५२० र लुमिया १३२० को डिस्प्ले ६ इन्च रहेको छ। यसको अलवा यसमा बीमर र रिफोकस दुई एप्स पनि छन्। लुमिया २५२० एकमात्र विण्डोज आरटी ट्यावलेट हो जुन माइक्रोसफ्टले बनाएको होइन। अपरेटिङ सिस्टम एआरएम आधारित चिप अनुसार काम गर्ने छ, जसको ब्याट्री लाइफ राम्रो रहेको कम्पनीको दावी छ। यो विण्डोज ८ अपरेटिङ सिस्टममा आधारित छ।

प्रकाशित: ६ कार्तिक २०७० ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App