२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस कर्णाली प्रवक्ता शाही भन्छन्- कांग्रेस फुट्दैन, संस्थापन पक्ष एकताका लागि प्रतिबद्ध छ

नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन्।

उनले पार्टीलाई एकताबद्ध बनाएर लैजान संस्थापन पक्ष पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन्।

बुधबार नागरक न्युजसँग कुरा गर्दै प्रवक्ता शाहीले नेतृत्वको कारणले पार्टी विभाजन नहुने स्पष्ट पारे।

अहिलेको विषम परिस्थितिमा पार्टी फुट्नु कसैको पनि हितमा नहुने भन्दै उनले संस्थापन पक्ष पार्टीको एकता जोगाउन गम्भीर भएर लागिपरेको उल्लेख गरे।

प्रवक्ता शाहीले पार्टी विभाजनले समग्र लोकतन्त्र र राष्ट्रिय राजनीतिमा समेत नकारात्मक असर पार्ने बताए। उनले भने, ‘पार्टी विभाजनले कसैलाई फाइदा गर्दैन, त्यसैले हामीले फुट्न नदिने प्रयास निरन्तर जारी राखेका छौं।’

शाहीले संस्थापन पक्षका कारण पार्टी नफुट्ने जिकिर गर्दै विशेष महाधिवेशनको माग गरिरहेको पक्षलाई पनि संयमित हुन आग्रह गरे।

‘संस्थापन पक्ष एकता जोगाउन लचकताका साथ प्रस्तुत भइरहेको छ, विशेष महाधिवेशन पक्षधर साथीहरूले पनि उत्तिकै संयमता अपनाउन आवश्यक छ,’ शाहीले भने।

प्रकाशित: ३० पुस २०८२ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App