१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस संस्थापन पक्षद्वारा गगन-विश्वलाई कारबाही

नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संस्थापन पक्षीय केन्द्रीय समिति बैठकले थापा र शर्मालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दे पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको हो।छ।

विशेष महाधिवेशन आह्वान गरेका महामन्त्रीद्वय थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै समानान्तर रूपमा निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएपछि संस्थापन पक्षले कडा कदम चालेको हो।

पार्टी विभाजन रोक्न भन्दै पछिल्ला दिनमा विभिन्न चरणमा नेताहरूबीच संवाद भएको थियो। मंगलबार मात्रै नेताहरूले तीन चरणमा छलफल गरेका थिए भने आज (बुधबार) बिहान पनि महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। तर, उक्त छलफलले कुनै निकास निकाल्न सकेन।

वार्ता निष्कर्षविहीन भएपछि विशेष महाधिवेशन पक्षधरले निर्वाचन समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।

यता संस्थापन पक्षले कारबाहीको घोषणा गरिरहँदा अर्को पक्षले भने चुनावी प्रक्रिया तीव्र पारेको छ। निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको उम्मेदवारी दर्ता भइसकेको छ।

प्रकाशित: ३० पुस २०८२ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App