१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

चन्द्रमा वरिपरि अध्ययन गर्ने नासाको अभियान

न्युयोर्क- अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा एक अन्तरिक्ष मिसन पठाएको छ। मानवरहित यो अन्तरिक्ष अभियानलाई लाडी (एलएडीइइ) नाम दिइएको छ। यो अन्तरिक्ष यान शनिवार अमेरिकाको उत्तरी तटमा रहेको वेलप रकेट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो।

२८ करोड अमेरीकी डलर लागतको यो अभियानको लक्ष्य चन्द्रमाको वरिपरीको वातावरणको अध्ययन गर्ने रहेको छ। यसको साथै यसले चन्द्रमा मा रहेको धुलोको समेत अध्यान गर्ने छ।

अन्तरिक्ष यान लाडीले चन्द्रमामा लेजर सञ्चार प्रणलीको पनी जाँच गर्नेछ। लेजर प्रणालीको प्रयोगले परम्परागत रेडियो सञ्चारको तुलनामा अन्तरिक्षबाट आँकडाहरु छिटो पठाउन सकिन्छ। अभियानमा संलग्न एक बैज्ञानिक सारा नोबलले चन्द्रमामा निकै सुक्ष्म वातावरण भएको बताएका छन्।

लाडीको तौल ३८८ केजी रहेको छ भने उचाइ ४.२ मीटर छ। यो यान ८.१ मीटर चौडाइमा फैलीएको छ।

भिडियो

 

प्रकाशित: २४ भाद्र २०७० ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App