१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

युट्युब बन्द हुँदै हो ? हैन, अप्रिल फूल मात्रै !

न्युयोर्क, चैत १९ (एजेन्सी) - हरेक वर्ष अप्रिल १ का दिन नयाँ नयाँ कुराले झुक्याउँदै आएको गुगलले यसपालि युट्युब बन्द गर्ने घोषणा गरेको छ। युट्युबलाई उत्कृष्ट भिडियो छनौट गर्नलाई थालिएको एउटा प्रतियोगितामात्रै भएको गुगलले बताएको छ। गुगलको अप्रिल फूल विज्ञप्ति एउटा भिडियोमार्फत् आएको हो।

आज मध्यरातबाट युट्युबले नयाँ भिडियो अपलोड स्वीकार नगर्ने भन्दै अब विजेता छान्ने प्रक्रिया सुरु गरी िसन् २०२३ मा विजेता घोषणा गरिने बताइएको छ।

गुगलले सन् २००५ देखि सुरु भएको युट्युबलाई सन् २००६ मा १ अर्ब ६५ करोड डलरमा खरिद गरेको थियो।

यसअघि गुगलले एक जिबीको इमेल सेवा निःशुल्क दिने घोषणा अप्रिल फूल कै दिन गरेको थियो।

प्रकाशित: १९ चैत्र २०६९ ००:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App