४ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

याहू र गुगलको सहकार्य

सन फ्रान्सिस्को, माघ २५ (एजेन्सी)- एक जमानामा सर्च इन्जिनमा एक अर्काका प्रतिस्पर्धी रहेका याहु र गुगलले आपसी सहकार्यको घोषणा गरेका छन्। याहूका अनुसार गुगलले याहूमा अनलाइन विज्ञापनमा सहकार्य गर्न लागेको हो। याहूका साइटहरुमा अब गुगलले सम्बन्धित विज्ञापन राख्नेछ। विज्ञापनलाई अझ प्रभावकारी बनाउने याहूले बताएको छ।

पहिले गुगलमै काम गरेर आइसकेकी मारिस्सा मायर याहूकी प्रमुख कार्यकारी भएपछि यो कदम चालिएको हो। यसले याहूले आफ्नो वेबसाइटमा इन्टरनेट सर्च पनि गुगलबाटै राख्ने हो कि भन्ने संभावना पनि बढाएको छ। अहिले याहूले माइक्रोसफ्टको बिङ्गबाट सर्च सेवा लिने गरेको छ।

 

प्रकाशित: २४ माघ २०६९ २३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App