१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः भीम रावल

फाइल।

नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्यसहित जनताका माझमा आएको बताएका छन्।

गोठालापानीमा आज जिल्लास्तरीय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन्।

‘देशमा सुशासन, राजनीतिक स्थायित्व र विकासको बाटोमा अघि बढाएर जनताको अधिकार बलियो बनाउन नेपाली कम्युनिष्ट पार्टी जनताका माझमा आएको छ’, नेता रावलले भने, ‘संविधानमा भएका कमजोरीलाई सुधार गरेर सुशासन कायम गर्न र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन हामी तयार छौँ।’

जेन-जी आन्दोलनका क्रममा तत्कालीन सरकारको कमजोरीका कारण देश खरानीमा परिणत भएको उनको आरोप छ। देशको स्वाधीनताको रक्षा गर्न ओली नेतृत्वको सरकार कमजोर भएको रावलले बताए।

प्रकाशित: ३ पुस २०८२ २१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App