७ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

मेसिनबाट मोबाइल ब्यालेन्स रिचार्ज

काठमाडौं, माघ १८ (नागरिक)- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले उपत्याकाभित्र मेसिनबाट मोबाइलमा रकम रिचार्ज गर्न मिल्ने सेवा सुरु गर्ने भएको छ।
मेसिनबाट 'ब्यालेन्स' रिचार्ज गर्न सकिने यो सुविधा नेपालमा पहिलो हो। एनसेल ग्राहकले अब बिनाझन्झट यस्ता मेसिनबाट २० देखि २ हजार रुपैयाँसम्म चाहेको कुनै पनि नम्बरमा ब्यालेन्स रिचार्ज गर्न सक्नेछन्।
सुरुमा काठमाडौंका ४० स्थानबाट यो सेवा प्रयोग गर्न सकिने छ भने केही समयभित्रै राजधानी बाहिर पनि सेवा विस्तार गरिने एनसेलले जनाएको छ।
'ग्राहकलाई आधुनिक र उत्कृष्ट सेवा अनुभव गराउनेक्रममा मेसिनबाट रिचार्ज गर्न सकिने सेवा सञ्चालन गर्न लागेका हौं,' एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले भनिन्, 'यसको प्रयोगबाट ग्राहकले एमआरपी (अधिकतम उपभोक्ता मूल्य) मै रिचार्ज गर्न सक्छन्।'
यो मेसिनबाट रिचार्ज सेवा प्रयोग गर्न ग्राहकले मेसिनमा चाहेको भाषा (अंग्रेजी वा नेपाली) रोजेपछि स्त्रि्कनमा देखिने एनसेलको लोगो छनौट गरी आफ्नो वा अरूको मोबाइल नम्बरमा २० भन्दा माथिको रकम रिचार्ज गर्न सक्नेछन्।
'मेसिनले खुद्रा पैसा फिर्ता नगर्ने हुँदा ग्राहकले कति रकमको ब्यालेन्स राख्ने हो त्यहीबराबरको बैंक नोट मेसिनमा राख्नुपर्ने हुन्छ,' कोइरालाले भनिन्।
रिचार्जका लागि सबै प्रक्रिया पूरा गरिसकेपछि मेसिनबाट रसिद पाउनेछन्। प्राविधिक समस्याको अवस्थामा तत्काल ब्यालेन्स रिचार्ज नहुन सक्छ, तर समस्या हल हुनासाथ रिचार्ज हुनेछ। प्रक्रिया गलत भइ रिचार्ज नभए ग्राहकले एनसेलको कुनै पनि नम्बरबाट ७७०१ म्ाा सम्पर्क गरी समस्या राख्न र विस्तृत जानकारी पाउन सक्नेछन्।

प्रकाशित: १७ माघ २०६९ २१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App