नेपाली सेनाले आफूमा कुनै राजनीतिक महत्वाकांक्षा नरहेको र सत्ता हस्तक्षेपको आकांक्षा पटक्कै नभएको स्पष्ट पारेको छ।
जंगीअड्डाबाट जारी लेखमा सेनाले तत्कालीन राजनीतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ सत्य भएको तर यदि महत्वाकांक्षा भएको भए आज देश यो अवस्थामा नहुने प्रश्न गर्दै सेनाले आफ्नो निष्ठा प्रमाणित गरेको भनिएको छ।
इतिहासदेखि नै सेनाले सत्ता हस्तक्षेप नगरेको र संवैधानिक संक्रमणमा संयम अपनाएर नागरिक सर्वोच्चताको पक्षमा उभिएको स्मरण गर्दै अन्तर्राष्ट्रिय शान्ति मिसनमा व्यावसायिकता र मानवअधिकारप्रतिको प्रतिबद्धता देखाएको उल्लेख गरेको छ।
सेनाले संकट व्यवस्थापनमा संवाद र संयोजनको भूमिका मात्र खेलेको र कुनै एजेन्डा नअघि सारेको दोहोर्याएको छ।
यो पनि पढ्नुहोस्
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
प्रकाशित: ७ पुस २०८२ १२:४६ सोमबार





