११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘बा-आमा’ लिएर आए शिशिर याेगी

शिशिर याेगीले ‘बा-आमा’ सँगै सांगीतिक वृत्तमा आफ्नाे सक्रियताकाे निरन्तरन्ता कायम गरेका छन्।

याेगीले गीत मार्फत बा र आमा एउटै सिक्काकाे दुई पाटा हुन् भन्ने सन्देश प्रस्तुत गरेकाे छ। बाआमा गीतमा शिशिर योगी गायक/गीत/संगीत भूमिकामा रहेका छन्।

गीतकाे संगीत संयाेजनमा बी.बी. अनुरागी, मिक्स/मास्टरिङ श्यामस्वीट रसाइली र रेकर्डर कमल थापा रहेका छन्। उक्त गीत प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड भएकाे हाे।

शिशिर याेगी अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएकाे गीतले धेरै श्राेताकाे मन जित्न विश्वास गरिएकाे छ।

प्रकाशित: ७ पुस २०८२ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App