वासिङटन, माघ १४ (एजेन्सी) - अमेरिकामा शुक्रबार मध्यरातदेखि फोन अनलक गर्नु गैरकानुनी भएको छ। मोबाइललाई कुनै निश्चित नेटवर्कले 'लक' गरेको अवस्थामा अरु नेटवर्कको चलाउन पनि मिल्ने गरी अनलक गर्नु यसअघि गैरकानुनी थिएन। तर गत अक्टोबरमा युएस डिजिटल मिलेनियम कपिराइट एक्टको पुनर्व्याख्या भएपछि शनिबारदेखि किनिएका सबै ह्यान्डसेटलाई अनलक गर्नु गैरकानुनी हुनेछ।
थर्ड पार्टी एप्स हाल्नका लागि गरिने जेल ब्रेक भने कानुनी नै रहनेछ। ट्याब्लेटमा भने यो अझै गैरकानुनी नै हुनेछ।
नयाँ कानुन अनुसार आइप्याडमा साइडिया इन्सटल गर्नु गैरकानुनी हुनेछ भने आइफोनमा भने यो कानुनी नै हुनेछ।
प्रकाशित: १४ माघ २०६९ ०२:२७ आइतबार





