१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

देशभरि आगो बल्दा मन कति जल्यो होला!

मुक्तक

१) मुक्तक

आकाश जत्रो छाती बनाउन मन कत्रो हुनुपर्ला  

चन्द्रमा छुने उद्देश्य राख्दा कहाँकहाँ छुनुपर्ला

यात्रा अनवरत र मन रफ्तारमा बगिरहन्छ

सोचे जस्तो भएन भने धर्तीमा कति रुनुपर्ला।

२) मुक्तक

सिर्जनाका आँखाहरूले टाढाटाढाको देख्नुपर्छ

विकासको नयाँ मोडल हाम्रो कलमले लेख्नुपर्छ

सपनालाई साकार बनाउन विपना आधार हुन्छ

आँधीहुरी चले पनि चुरे पहाड बनी छेक्नुपर्छ।

३) मुक्तक

केही नसके पनि केही गरौंला न म

सुन्दर ज्ञानका चेतना छरौंला न म

युगले एआईमा फड्को मारिसक्यो

युगीन प्राविधिक शिक्षा भरौंला न म।

४) मुक्तक

देशभरि आगो बल्दा मन कति जल्यो होला

हातपाउ बिलाई गए तन कति गल्यो होला

रफ्तारमा आगोका ज्वालाहरू दन्किरहे

विधाताले हामीलाई नै कतिसम्म छल्यो होला।

५) मुक्तक

रातभरि जूनले डाक्दा तिमी कहाँ थियौ

मनभरि सम्झनाले ढाक्दा तिमी कहाँ थियौ

जताततै खोजिरहें सोधिरहें तिमीलाई नै

तिम्रै खोजाइमा तन थाक्दा तिमी कहाँ थियौ!    

प्रकाशित: ७ पुस २०८२ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App