३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
अन्य

जन्मिने बित्तिकै राजाको जस्तो ‘पारा’, नवजात शिशुको भिडियोले हैरान सारा !

इजिप्टको कायरोमा एक नवजात शिशुको सुत्ने शैलीले सामाजिक सञ्जालमा चर्चा पाएको छ। 

जन्मिएको केही समयमै एउटा खुट्टा अर्को खुट्टामाथि राखेर र हात टाउकोमुनि राखी आरामसँग सुतिरहेको शिशुको भिडियो भाइरल बनेको हो।

कायरोका एक डाक्टरले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा शिशु शरीरमा जन्मँदा देखिने सेतो, चिल्लो तहसहित आरामले सुतिरहेको देखिन्छ। यो तहलाई ‘भर्निक्स केसोसा’ भनिन्छ, जसले गर्भमा रहँदा शिशुको छालालाई सुरक्षा दिन्छ।

शिशुको राजाको जस्तो ठाँट देखिने सुताइले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आकर्षित गरेको छ। भिडियो हेरेपछि एक प्रयोगकर्ताले लेखेका छन्, ‘नवजात शिशु त यो संसारमा पनि तनावमुक्त भएर आएको रहेछ।’

अर्का प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्, ‘म जन्मिएँ र थाकिसकेँ। अब मलाई आराम गर्न दिनुहोस्।’

भिडियो सार्वजनिक गर्ने डाक्टरले शिशुलाई ‘बेबी किङ’ अर्थात् ‘सानो राजा’ नाम दिएका छन्। खुट्टामाथि खुट्टा राखेर र हात टाउकोमुनि राखेर सुतेको शिशुको पोजले धेरैको ध्यान खिचेको छ।

नवजात शिशुका असामान्य गतिविधिले सामाजिक सञ्जालमा चर्चा पाएको यो पहिलो घटना भने होइन। यसै वर्ष अर्को एक नवजात शिशुले जन्मिएको केही मिनेटमै डाक्टरको स्टेथोस्कोप समातेको भिडियो पनि भाइरल भएको थियो।

उक्त भिडियोमा शिशुले स्टेथोस्कोप समातेको देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ठट्टा गर्दै उसले आफ्नो भविष्यको पेसा रोजिसकेको र पछि डाक्टर बन्ने भन्दै प्रतिक्रिया दिएका थिए।

नवजात शिशुका यस्ता अनौठा र रमाइला गतिविधिले सामाजिक सञ्जालमा मानिसहरूको ध्यान खिच्ने गरेका छन्।

प्रकाशित: २ कार्तिक २०८३ २१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App