२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

दूरसञ्चार प्राधिकरणको ढिलासुस्तीले स्मार्टको नयाँ सेवा विस्तार अवरुद्ध

काठमाडौं, मङ्सिर ५- स्मार्ट टेलिकमले दिएको सेवालाई सरकारले प्रमाणित नगर्दा कम्पनीको सेवा विस्तार कार्य रोकिएको छ । स्मार्ट टेलिकमले दुई वर्षअघि नै देशका तीनसय ९८ गाउँ विकास समितिहरुमा २/२ लाइन टेलिफोन पुर्‍याएको छ । तर यसलाई दुरसंचार प्राधिकरणले प्रमाणित नगर्दा देशका सहरी क्षेत्रमा मोबाइल टेलिफोन चलाउने योजना अनुसार अघि बढ्न पाएको छैन।
सबै टेलिफोन कम्पनीले चाहेमा मोबाइल टेलिफोन चलाउन सक्नेगरि सरकारले गत जेठमा एकीकृत दूरसञ्चार सेवा खुल्ला गरेको छ । यो सेवामा जान पहिलेको अनुमति पत्रको शर्त पुरा गरेको हुनुपर्छ ।
‘सर्तअनुसारको काम पूरा गरेको प्रमाणित नहुँदा हामीले एकीकृत दूरसञ्चार सेवाका लागि निवेदन दिनसमेत पाएका छैनौं,' स्मार्ट टेलिकमका प्रमुख कार्यकारी अधिकृत सुवास बज्राचार्यले भने ।
सरकारले गत जेठमा एकीकृत दूरसञ्चार नीति ल्याएको छ । त्यस अनुसार ३५ करोड ७५ लाख रुपैयाँ लाइसेन्स शुल्क तिरेपछि जुनसुकै माध्यमबाट टेलिफोन सञ्चालन गरिरहेका कम्पनीहरुले पनि जिएसएम मोबाइल सञ्चालन गर्न पाउँछन् ।
स्मार्ट टेलिकमले पूर्बाञ्चल बाहेक अन्य विकास क्षेत्रका तीनसय ९८ गाविसहरुमा कम्तिमा २÷२ लाइन टेलिफोन पु¥याउने शर्तमा पाँच वर्ष अघि अनुमतिपत्र पाएको हो । यो शर्त पुरा गरिसकेको हुँदा अब एकीकृत सेवामा जाने इच्छा स्मार्टले देखाइसकेको छ ।
निजी क्षेत्रको पहिलो टेलिफोन कम्पनी युटिएलले डेढ महिना अघिनै एकीकृत दूरसञ्चार सेवा चलाउन अनुमति माग्दै प्राधिकरणमा निवेदन दर्ता गरेको छ । तर प्राधिकरणका अध्यक्ष नियुक्त नहुँदा लाइसेन्स संबन्धि सबै काम रोकिएका छन् । एकीकृत सेवा अन्तरगत जिएसएम मोबाइल, सिडिएमए, ल्याण्डलाइन पर्छन् ।
‘हामीलाई दिइएको शर्त अनुसारका सबै काम पुरा भएको भनेर प्राधिकरणलेनै नियुक्त गरेको स्वतन्त्र परामर्शदाताले प्रमाणित गरिसकेको छ,' बज्राचार्यले भने । परामर्शदाताले शर्त अनुसार काम गरेको प्रतिवेदन दिँदादिँदै पनि तत्कालिन अध्यक्ष भेषराज कणेलले प्रमाणपत्र नदिँएको हुँदा नयाँ सेवामा जान अप्ठेरो परेको जनाएको छ ।
प्राधिकरणका वरिष्ठ निर्देशक एवं कार्यवाहक अध्यक्ष आनन्दराज खनालले पहिल्यै शर्त अनुसार काम गरिसकेको कम्पनीलाई प्रमाणित नगरिदिएका कारण समस्या आएको बताए । ‘प्राधिकरणमा अध्यक्ष नआएसम्म केही हुँदैन, यो काम पहिल्यै हुनुपथ्र्यो,' खनालले भने ।
एकीकृत दूरसञ्चार सेवामा स्मार्ट टेलिकम प्रवेश गरेपछि सहरी क्षेत्रमा जिएसएम मोबाइल सेवा दिने थप कम्पनीको प्रवेश हुनेछ । अहिलेसम्म जिएसएम मोबाइल सेवा नेपाल टेलिकम र एनसेलले मात्र दिइरहेका छन् । स्मार्ट टेलिकम सहरमा आएपछि सेवा अझै प्रतिस्पर्धी र गुणस्तरीय हुनुका साथै उपभोक्तालाई छनौटको अर्को अवसर मिल्नेछ ।
एकीकृत सेवामा जानको लागि अब पहिलेजस्तो धेरै लगानी गर्नु नपर्ने प्राधिकरणका अधिकारीहरुले बताएका छन् । हालै जारी भएको पूर्बाधारको साझा प्रयोग संबन्धि नीतिले मोबाइलको टावर, अप्टिकल फाइबर जस्ता पूर्वाधार मिलेर प्रयोग गर्नुपर्ने वाध्य गराएको छ ।
कुनै कम्पनीले अर्को कम्पनीलाई आफ्नो पूर्वाधार आपूmलाई अप्ठेरो नपर्नेगरि प्रयोग गर्न दिनुपर्ने र नदिएमा सञ्चारमन्त्रीको अध्यक्षतामा रहेको समितिले कारवाही समेत गर्नसक्नेछ ।
स्मार्ट टेलिकममा सिंगापुरको लालसाहु कम्पनी र इजरायलको जिलाट स्याटेलाइट, नेपालको स्क्वायरनेटको लगानी छ । यो कम्पनीले २०६५ असार २० गते ग्रामीण दूरसञ्चार प्रदायकका रुपमा अनुमति पाएको हो ।

 

प्रकाशित: ४ मंसिर २०६९ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App